कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुसमाथि बेल्जियम हाबी, फिनल्यान्डको पनि जित

एजेन्सी

सेन्ट पिटर्सबर्ग — विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले शनिबार युरो २०२० मा विजयी सुरुआत लिएको छ । बेल्जियमले रुसलाई ३–० ले हरायो । बेल्जियमको यो जितमा रोमेलु लुकाकुले दुई गोल गरे ।

रुसमाथि बेल्जियम हाबी, फिनल्यान्डको पनि जित

समूह ‘बी’ को खेलमा उनले खेलको १० र ८८औं मिनेटमा गोल गरे । त्यसबीच थोमस मेउनियरले ३४औं मिनेटमा दोस्रो गोल थपे । लयमा रहेका लुकाकुले आफ्नो गोलपछि त्यसलाई क्रिस्टियन एरिक्सनप्रति समर्पित गरे ।

दुवै खेलाडी इन्टर मिलानबाट खेल्ने गर्छन् । एरिक्सन यसअघि डेनमार्क र फिनल्यान्डबीचको खेलको पहिलो हाफ समाप्त हुन लाग्दा अचेत भएर मैदानमै ढलेका थिए । मैदानमै उपचार गरेपछि उनलाई अस्पताल लगिएको थियो ।

त्यस स्थितिमा स्थगित गरिएको खेल एरिक्सनको स्वास्थ्यमा सुधार आएपछि फेरि सुरु गरिएको थियो । त्यसमा भने फिनल्यान्ड १–० ले विजयी रह्यो । जोएल पोजानपालोले ६०औं मिनेटमा निर्णायक गोल गरे ।


प्रकाशित : जेष्ठ ३०, २०७८ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?