वेल्स र स्विटजरल्यान्डबीच १–१ को बराबरी

एजेन्सी

बाकु — वेल्स र स्विटजरल्यान्डबीच युरो २०२० समूह ‘ए’ को खेल शनिबार १–१ को बराबरीमा टुंगेको छ । खेलका दुवै गोल दोस्रो हाफमा सम्भव भएका हुन् । स्विटजरल्यान्डले ब्रिल इम्बोलोको गोलले ४९ औं मिनेटमा अग्रता लिएको हो ।

वेल्स र स्विटजरल्यान्डबीच १–१ को बराबरी

जारडन साकिरीको कर्नरमा इम्बोलोले हेडबाट गोल गरेका हुन् । वेल्सका लागि किफर मुरले ७४ औं मिनेटमा बराबरी गोल फर्काए । उनले पनि हेडबाट गोल गरेका हुन् ।

खेल सकिन पाँच मिनेट अगाडि स्विटजरल्यान्डका लागि मारियो गाभरानोभिचले बललाई पोस्टका दिशा दिए पनि ‘भार’ ले त्यसलाई मान्यता दिए र अफ साइडको निर्णय दिएको थियो ।

तस्बिर : रोयटर्स

यो नतिजापछि दुवै टिमलै एक/एक अंक बटुले र समूहको मध्यभागमा रहे । यो समूहमा इटली तीन अंकसहित शीर्ष स्थानमा छ । उसले प्रतियोगिताको उद्घाटन खेलमा टर्कीलाई हराएको थियो । टर्की भने शून्य अंकमा अन्तिम स्थानमा रह्यो ।

प्रकाशित : जेष्ठ २९, २०७८ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?