कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

नाडाललाई हराएर जोकोभिच फ्रेन्च ओपनको फाइनलमा

एजेन्सी

पेरिस — फ्रेन्च ओपनमा राफेल नाडालको प्रभुत्वलाई समाप्त पार्दै नोभाक जोकोभिचले शुक्रबार फाइनल यात्रा तय गरेका छन् । विश्व टेनिसका दुई सर्वकालीन उत्कृष्ट खेलाडीबीच रोलान्ड ग्यारोसमा भएको खेलमा सर्बियाली खेलाडी जोकोभिच ३–६, ६–३, ७–६ र ६–२ ले विजयी रहे ।

नाडाललाई हराएर जोकोभिच फ्रेन्च ओपनको फाइनलमा

स्पेनका नाडाल कीर्तिमानी १४औं फ्रेन्च ओपन जित्ने अभियानमा थिए, तर यसपल्ट उनी आफ्ना पुराना प्रतिद्वन्द्वीको हातबाट पराजित भए । फ्रेन्च ओपन इतिहासको १ सय ८ खेलमा नाडाल पराजित भएको यो तेस्रो अवसर मात्र हो ।

तस्बिर : रोयटर्स

अब आइतबार हुने फाइनलमा ३४ वर्षीय विश्व नम्बर १ खेलाडी जोकोभिचले स्टेफानोस सिसिपासको सामना गर्नेछन् । ग्रिसका २२ वर्षीय खेलाडी सिसिपाले शुक्रबारको अर्को सेमफिाइनलमा एलेक्जान्डर जाभरेभलाई हराए ।

सिसिपास जर्मन छैटौं वरीयताका खेलाडीमाथि पाँच सेट चलेको कडा प्रतिस्र्पात्मक खेलमा ६–३, ६–३, ४–६, ४–६ र ६–३ ले विजयी रहेका हुन् । उनी ग्रान्ड स्लामको फाइनल पुगेको यो पहिलो पल्ट हो ।

प्रकाशित : जेष्ठ २९, २०७८ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?