१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अस्ट्रेलियासँग नेपाल ३-० ले पराजित

काठमाडौँ — विश्वकप-२०२२ को एसियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपाल शुक्रबार अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । कुवेतको जबर अल अहमद इन्टरनेसल स्टेडियममा भएको खेलमा नेपालले पूरा दोस्रो हाफ १० खेलाडीमा सीमित रहेर खेल्नु परेको थियो ।

अस्ट्रेलियासँग नेपाल ३-० ले पराजित

समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले सातौं मिनेटमा म्याथ्यु लेकीको गोलले अग्रता लिएको थियो । उनले हेडबाट गोलको खाता खोले । उनकै पासमा फ्रान कारसिचले ३८ औं मिनेटमा दोस्रो गोल थपे ।

मार्टिन बोएलले ५७ औ मिनेटमा तेस्रो गोल थपे । पहिलो हाफको अन्त्यमा नेपालले रोहित चन्दलाई गुमाएको हो । बोएलमाथिको फलका कारण रोहितलाई रेफ्री अहमद अबुले रातो कोर्ड देखाएका थिए ।

गोल गर्ने अवस्थामा रहेका बोएलमाथि फल गरेपछि रोहितलाई रातो कार्ड देखाइएको हो । यस्तोमा नेपाल दबाबमा परेको थियो । नेपाली खेलाडीमध्ये कप्तान तथा गोलरक्षक किरण लिम्बू निकै ब्यस्त रहे र उनले विशेषत: दुवै हाफमा केही उत्कृष्ट बचाउ गरे ।

नेपालका लागि सुरज ठकुरी, कमल थापा र आयुश घलानले डेब्युको अवसर पाए । तीनै खेलाडीलाई दोस्रो हाफको इन्ज्युरी समयमा मैदानमा प्रवेश गर्न दिइएको थियो ।

छनोटमा अस्ट्रेलियाको यो लगातार सातौं जित हो र १४ अंकमा शीर्ष स्थानमा छ । अस्ट्रेलियाको क्यानबेरामा भएको छनोटको पहिलो लेगमा नेपाल ५–० ले पराजित भएको थियो ।

नेपालको भने यो छैटौं हार हो । नेपाल दुई जितबाट ६ अंकसहित पाँच टिम सम्मिलित समूहको चौथो स्थानमा रहेको छ । अब नेपालले एसियाकप छनोटको तेस्रो चरण अथवा प्लेअफ खेल्नेछ ।

नेपाल कुवेतमा यसपल्ट भएका छनोटका तीन खेलमध्ये एकमा विजयी रह्यो भने दुईमा पराजित रह्यो । यी तीनै खेल नेपालले आफ्नो घरेलु मैदानमा खेल्नु पर्नेमा कोभिड महामारीका कारण तटस्थ भूमिका रूपमा सारिएको थियो ।




सबै तस्बिर : कुवेत फुटबल संघ

प्रकाशित : जेष्ठ २८, २०७८ २३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?