कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिलो हाफमा अस्ट्रेलियासँग नेपाल  २-० ले पछाडि

रोहित चन्दलाई रातो कार्ड, नेपाल १० खेलाडीमा सीमित

काठमाडौँ — विश्वकप एसियाली छनोटको आफ्नो अन्तिम खेलको पहिलो हाफ टुंगिदा शुक्रबार नेपाल अस्ट्रेलियाविरुद्ध २–० ले पछाडि रहेको छ । समूह बी को खेलमा अस्ट्रेलियाले सातौं मिनेटमा म्याथ्यु लेकीको गोलले अग्रता लिएको थियो । उनले हेडबाट गोलको खाता खोले ।

पहिलो हाफमा अस्ट्रेलियासँग नेपाल  २-० ले पछाडि

उनकै पासमा फ्रान कारसिचले ३८ औं मिनेटमा दोस्रो गोल थपे । नेपालले पहिलो हाफमा अस्ट्रेलियाविरुद्ध कुनै पनि गतिलो आक्रमण बुन्न सकेन । तर नेपाली गोलरक्षक किरण लिम्बूले केही उत्कृष्ट बचाउ गरे ।

दोस्रो हाफको अन्त्यमा नेपाल १० खेलाडीमा सीमित रह्यो । मार्टिन बोएलमाथिको फलका कारण रोहित चन्दलाई रेफ्री अहमद अबुले रातो कोर्ड देखाएका थिए ।

अस्ट्रेलियाको क्यानबेरामा भएको छनोटको पहिलो लेगमा नेपाल ५–० ले पराजित भएको थियो । यस खेलमा जित निश्चित भए छनोटमा अस्ट्रेलियाले लगातार सातौं जित हासिल गर्नेछ । नेपाल दुई जितबाट ६ अंकसहित पाँच टिम सम्मिलित समूहको चौथो स्थानमा रहेको छ ।



प्रकाशित : जेष्ठ २८, २०७८ २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?