फ्रेन्च ओपन : फाइनलमा क्रेजसिकोभा र पेभलेचेन्कोभा भिड्ने- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रेन्च ओपन : फाइनलमा क्रेजसिकोभा र पेभलेचेन्कोभा भिड्ने

एजेन्सी

पेरिस — फ्रेन्च ओपनको महिला एकलको फाइनल चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभा र रुसी खेलाडी एनास्टिसा पेभलेचेन्कोभाबीच हुने भएको छ ।

चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभा र रुसी खेलाडी एनास्टिसा पेभलेचेन्कोभा । तस्बिर : रोयटर्स

क्रेजसिकोभाले मारिया सकारीलाई तीन घण्टा चलेको कडा प्रतिस्पर्धात्मक खेलमा बिहीबार ७–५, ४–६ र ९–७ ले हराइन् ।

क्रेजसिकोभाले एक म्याच प्वाइन्टमा जोगिंदै यो सनसनीपूर्ण खेल जितेकी हुन् । अब शनिबार हुने फाइनलमा उनको सामना ३१ वर्षीय अनुभवी खेलाडी पेभलेचेन्कोभासँग हुनेछ ।पेभलेचेन्कोभाले अर्को सेमिफाइनलमा स्लोभेनियाकी टमारा जिडासेकलाई ७–५ र ६–३ ले हराइन् । उनी ग्रान्ड स्लाम फाइनल पुगेको यो पहिलो पल्ट हो ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्

इंग्ल्यान्ड-न्युजिल्यान्डबीचको दोस्रो टेस्ट : पहिलो दिनको खेल रोमाञ्चक

एजेन्सी

एजबास्टन — इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको दोस्रो टेस्टको पहिलो दिन बिहीबार ब्याटिङ र बलिलङ दुवैतर्फ रोमाञ्चक खेल भएको छ । रोरी बर्नसको आकर्षक ८१ रनको मदतले इंग्ल्यान्डको दिनको खेल समाप्त हुँदा सात विकेट गुमाएर २ सय ५८ रन बनाएको छ ।


डन लरेन्स ६७ रनमा नटआउट छन् र उनलाई १६ रन बनाएका मार्क उडले साथ दिइरहेका छन् । घरेलु १८ हजार दर्शक अगाडि इंग्ल्यान्डले एक समय १ सय ७६ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो ।

इंग्ल्यान्डको सुरुआत पनि खराब रह्यो र सुरुआती १३ रनमा तीन विकेट गुमाएको थियो । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट, म्याट हेनरी र अजाज पटेलले दुई दुई विकेट लिएका छन् ।

यस टेस्टसँगै जेम्स एन्डरसन इंग्ल्यान्डका सर्वाधिक टेस्ट खेल्ने खेलाडी भएका छन् । यो उनको कीर्तिमान १ सय ६२ औं टेस्ट रह्यो र उनले यसक्रममा एलिस्टर कुकलाई उछिने ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०६:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×