कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्ल्यान्ड-न्युजिल्यान्डबीचको दोस्रो टेस्ट : पहिलो दिनको खेल रोमाञ्चक

एजेन्सी

एजबास्टन — इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको दोस्रो टेस्टको पहिलो दिन बिहीबार ब्याटिङ र बलिलङ दुवैतर्फ रोमाञ्चक खेल भएको छ । रोरी बर्नसको आकर्षक ८१ रनको मदतले इंग्ल्यान्डको दिनको खेल समाप्त हुँदा सात विकेट गुमाएर २ सय ५८ रन बनाएको छ ।

इंग्ल्यान्ड-न्युजिल्यान्डबीचको दोस्रो टेस्ट : पहिलो दिनको खेल रोमाञ्चक

डन लरेन्स ६७ रनमा नटआउट छन् र उनलाई १६ रन बनाएका मार्क उडले साथ दिइरहेका छन् । घरेलु १८ हजार दर्शक अगाडि इंग्ल्यान्डले एक समय १ सय ७६ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो ।

इंग्ल्यान्डको सुरुआत पनि खराब रह्यो र सुरुआती १३ रनमा तीन विकेट गुमाएको थियो । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट, म्याट हेनरी र अजाज पटेलले दुई दुई विकेट लिएका छन् ।

यस टेस्टसँगै जेम्स एन्डरसन इंग्ल्यान्डका सर्वाधिक टेस्ट खेल्ने खेलाडी भएका छन् । यो उनको कीर्तिमान १ सय ६२ औं टेस्ट रह्यो र उनले यसक्रममा एलिस्टर कुकलाई उछिने ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?