कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यरातमा कर्फ्युबीच भएको खेलमा जोकोभिचको जित

सेमिफाइनलमा नाडालको सामना गर्ने 
एजेन्सी

पेरिस — नोभाक जोकोभिचले फ्रेन्च ओपनको सेमिफाइनलमा राफेल नाडालको सामना गर्ने भएका छन् । उनले बुधबार मध्य राति कर्फ्युबीच सकिएको खेलमा इटालीका म्याटिओ बेरटिनीलाई ६–३, ६–२, ६–७ र ७–५ ले हराए ।

मध्यरातमा कर्फ्युबीच भएको खेलमा जोकोभिचको जित

खेल सुरु हुँदा खेल हेर्न पाँच हजार दर्शक थिए, तर राति ११ बजे पेरिसमा कर्फ्यु लाग्ने भएकोले दर्शकलाई घर जान खेल रोकिएको थियो । खेल समाप्त हुँदा कोर्टमा खेलाडी र खेल पदाधिकारीबाहेक अरू कोही थिएनन् ।

नाडालले भने डिएगो स्वार्जमनलाई ६–३, ४–६, ६–४ र ६–० ले हराए । यसअघि महिलातर्फ ग्रिसकी मारिया सकारी र चेक गणतन्त्रकी बारबोरा क्रेसिकोभाले सेमिफाइनल यात्रा तय गरेका थिए ।

सकारीले डिफेन्डिङ च्याम्पियन इगा स्वाटेकलाई ६–४ र ६–४ ले हराइन र पहिलो पल्ट ग्रान्ड स्लाम सेमिफाइनल पुगिन् । क्रेसिकोभाले भने अमेरिकी किशोर खेलाडी कोका गफलाई ७–६ र ६–३ ले पन्छाइन् ।

प्रकाशित : जेष्ठ २७, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?