पोर्चुगलले इजरायललाई ४-० ले हरायो- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोर्चुगलले इजरायललाई ४-० ले हरायो

एजेन्सी

लिस्बन — ब्रुनो फर्नान्डेजले दुई गोल गर्दै क्रिस्टियानो रोनाल्डोका लागि एक गोलको अवसर पनि सिर्जना गरेपछि पोर्चुगलले बुधबार इजरायलमाथि ४–० जित निकालेको छ ।

युरो २०२० अगाडि डिफेन्डिङ च्याम्पियनको यो अन्तिम मैत्रीपूर्ण खेल हो ।

पोर्चुगलका लागि एक अर्को गोल जाओ कानसेलोले खेलको अन्त्यतिर गरे । पोर्चुगलले मंगलबार युरो २०२० को आफ्नो पहिलो खेलमा हंगेरीको सामना गर्दैछ ।

बुधबारको अर्को मैत्रीपूर्ण खेलमा अमेरिकाले कोस्टारिकालाई समान ४–० ले हराएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्

ब्राजिलको जित, अर्जेन्टिना बराबरीमा रोकियो

एजेन्सी

मोन्टेभिडियो — नेयमारले एक गोल गर्दै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा बुधबार पाराग्वेलाई २–० ले हरायो ।

नेयमारले चौथो मिनेटमा गोलको खाता खोले भने लुकास पाक्वेटाले दोस्रो हाफको इन्जुरी समयमा दोस्रो गोल थपे । यो जितपछि ब्राजिल ६ खेलबाट १८ अंकसहित दस टिम सम्मिलत छनोटको शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा रहेको अर्जेन्टिना भने अर्को खेलमा कोलम्बियासँग २–२ को बराबरीमा रोकियो । अहिलेसम्म अपराजित अर्जेन्टिनाले ६ खेलमध्ये तीनवटामा बराबरी खेलिसकेको छ। अर्जेन्टिनाले दुई गोलको अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।

सुरुआती आठ मिनेटभित्र क्रिस्टियन रोमेरो र लियानड्रो पारेडेसले गोल गरेका थिए । लुइस मोरेलले कोलम्बियाका लागि पहिलो गोल गरेपछि म्यागुएल बोरजाले बराबरी गोल फर्काए । यस्तै भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेले । अन्य खेलमा पेरुले इक्वेडरलाई २–१ ले हरायो भने चिली र बोलिभियाले १–१ को बराबरी खेले ।



प्रकाशित : जेष्ठ २६, २०७८ १०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×