बुल्गेरियामाथि फ्रान्सको प्रभावशाली जित

काठमाडौँ — ओलिभर जिरोडको दुई गोलमा फ्रान्सले युरो २०२० अगाडिको अन्तिम मैत्रीपूर्ण खेलमा मंगलबार बुल्गेरियामाथि ३–० को प्रभावशाली जित रचेको छ । फ्रान्सका लागि अर्को गोल एन्टोन ग्रिजमनले गरे ।

बुल्गेरियामाथि फ्रान्सको प्रभावशाली जित

बुल्गेरियाविरुद्ध विश्व च्याम्पियन फ्रान्सले आफ्नो सबैभन्दा बलियो टिम उतारेको थियो र त्यसमा केयलिन एम्बापे र करिम बेन्जेमा पनि सम्मिलित थिए । फ्रान्स युरोको समूह एफ मा रहेको छ र त्यसमा रहेका अन्य टिममा जर्मनी, हंगेरी, पोर्चुगल हुन् ।

मंगलबारकै अन्य मैत्रीपूर्ण खेलमा स्पेनले लिथुवानियालाई ४–० ले हरायो भने पोल्यान्ड र आइसल्यान्डले २–२ को बराबरी खेले । यस्तै चेक गणतन्त्रले अल्बानियालाई ३–१ ले पन्छायो ।

प्रकाशित : जेष्ठ २६, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?