कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सिसिपास फ्रेन्च ओपनको सेमिफाइनलमा

एजेन्सी

पेरिस — ग्रिसका पाँचौं वरीयताका स्टेफानोस सिसिपासले रूसी खेलाडी डानिएल मेडभेडेलाई हराएर मंगलबार फ्रेन्च ओपनको सेमिफाइनल यात्रा तय गरेका छन् । क्ले कोर्टका विशेषज्ञ खेलाडी रहेका सिसिपास ६–३, ७–६ र ७–५ ले विजयी रहे ।

सिसिपास फ्रेन्च ओपनको सेमिफाइनलमा

अब २२ वर्षीय सिसिपासले अन्तिम चारमा जर्मनीका एलेक्जान्डर जाभरेजको सामना गर्नेछन् । जाभरेभले अर्को खेलमा स्पेनका एलेक्जान्ड्रो डाभिडोभिचलाई ६–४, ६–१ र ६–१ ले हराए ।

महिलातर्फ अनास्टिसा पेभचेन्कोभा र तामारा जिडनसेक सेमिफाइनल प्रवेश गर्न सफल रहे । रूसी खेलाडी पेभचेन्कोभाले काजाकिस्तानकी एलेना रेबाकिनालाई ६–७, ६–२ र ९–७ ले हराइन् । यस्तै स्लाभेनियाकी जिडनसेकले स्पेनकी पउला बाडोसाविरुद्ध ७–५, ४–६ र ८–६ को जित निकालिन् ।


प्रकाशित : जेष्ठ २६, २०७८ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?