३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पेनाल्टी नदिएको भए हुन्थ्यो : प्रशिक्षक अलमुताइरी

‘हारको सबै दोष मेरो हो । मेरो अनुरोध छ, खेलाडीलाई दोष दिनु पर्दैन’

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्धको विश्वकप छनोट हारपछि त्यसको जिम्मेवारी लिएका छन् । खेलपछिको म्याचकन्फ्रेन्समा उनले खेलाडीलाई दोष नदिन पनि अनुरोध गरे । यस्तै पहिलो हाफमा पाएको पेनाल्टी निर्णय नदिएपनि हुने प्रतिक्रिया दिए ।

पेनाल्टी नदिएको भए हुन्थ्यो : प्रशिक्षक अलमुताइरी

प्रशिक्षक अल्मुताइरीले भने, ‘हारको सबै दोष मेरो हो । मेरो अनुरोध छ, खेलाडीलाई दोष दिनु पर्दैन । हामीले उत्कृष्ट प्रदर्शन गरेका हौं । आउने दिनमा हाम्रो खेलमा अझ सुधार हुनेछ । हामीले आजको खेलमा जति पनि गोल खायौं, ती सेट पिसमा भएका थिए । पहिलो हाफमा हामीले एउटै मात्र भूल गरेका थियौं र हामीविरुद्धको पेनाल्टी निर्णय नदिएको भए नतिजा फरक हुन सक्थ्यो ।’

अब नेपालले विश्वकप छनोटका आफ्नो अन्तिम खेल अस्ट्रेलियाविरुद्ध खेल्नेछ र त्यसमा पनि टिमको रणनीति रक्षात्मक नहुने उनको संकेत थियो । उनले भने, ‘अस्ट्रेलियाविरुद्ध हामी सन्तुलित खेल खेल्नेछौं । म अस्ट्रेलियाविरुद्ध इराकको जस्तो हार बेहोर्न चाहन्नँ । हामी पराजित रहे पनि गर्वले खेल्नेछौं ।’

प्रकाशित : जेष्ठ २५, २०७८ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?