कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रेन्च ओपन : मुसेटीविरुद्ध जोकोभिचको संघर्षपूर्ण जित

एजेन्सी

पेरिस — नोभाक जोकोभिच फ्रेन्च ओपनमा सोमबार स्तब्धपूर्ण हारबाट जोगिएका छन् ।  किशोर खेलाडी लोरेन्जो मुसेटीविरुद्ध संघर्षपूर्ण जित हात पार्दै उनी चौथो चरणबाट अगाडि बढेका छन् ।

फ्रेन्च ओपन : मुसेटीविरुद्ध जोकोभिचको संघर्षपूर्ण जित

विश्व नम्बर १ खेलाडी ६–७, ६–७, ६–१, ६–० र ४–० ले विजयी रहे । अन्त्यमा आफ्नो पहिलो ग्रान्ड स्लाम खेलिरहेका ७६ औं वरीयताका मुसेटीले चोटका कारण खेल पूरा गर्न पनि सकेनन् ।

अर्का शीर्ष वरीयताका खेलाडी राफेल नाडालले भने कुनै प्रकारको समस्या सामना गर्नु परेन् र उनले जेनिक सिनरलाई ७–५, ६–३ र ६–० ले हराए । महिलातर्फ सन् २०२० का विजेता इगष स्वाकेके अन्तिम आठ पुगेकी छिन् । उनले युक्रेनकी मार्टा कोस्युकलाई ६–३ र ६–४ ले पन्छ्याइन् ।

यस्तै किशोर खेलाडी कोको गउफ पहिलो पल्ट ग्रान्ड स्लामको क्वाटरफाइनल पुगेकी छिन् । उनले ट्युनिसियाकी ओन्स जाबेरलाई ६–३ र ६–१ ले हराइन् ।

प्रकाशित : जेष्ठ २५, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?