मारियाको उत्साह

एजेन्सी

पेरिस — फ्रेन्च ओपन टेनिसको चौथो चरणमा ग्रिसकी मारिया सक्कारीले अमेरिकी स्टार सोफिया केनिनलाई पराजित गरेकी छन् ।

मारियाको उत्साह

उनले चौथो वरीयताप्राप्त केनिनमाथि ६–१, ६–३ ले हराइन् । प्रतियोगिताबाट बाहिरिने केनिन शीर्ष वरीयताकी खेलाडी हुन् । उनी अक्टोबरमा रोलान्ड ग्यारोसकी उपविजेता हुन् ।

१७ औं वरीयताकी मारिया पहिलोपल्ट ग्रान्ड स्लामको क्वाटरफाइनलमा पुगेकी छन् । उनले यस वर्ष शीर्ष २० खेलाडीमाथि पाएको यो छैटौं जित हो । पुरुषतर्फ शीर्ष खेलाडी सर्बियाली नोभाक जोकोभिचले दुई सेटमा पछाडि परेर पनि खेल जितेका छन् । इटालीका १९ वर्षे लोरेन्जो मुसेतीले निर्णायक सेटमा चोटका कारण खेल छाडेका थिए । जतिखेर दुई गेम बाँकी थियो । पहिलो वरीयताका जोकोभिचले सुरुआती दुई सेट गुमाउँदै ६–७ (७), ६–७ (२), ६–१, ६–०, ४–० को नतिजा निकालेका थिए ।

पेरिसको रोलान्ड ग्यारोसमा जोकोभिच १५ औं पल्ट क्वाटरफाइनल पुगेका छन् । उनी लगातार दोस्रो वर्ष फ्रेन्च ओपन जित्ने अभियानमा छन् । १९ औं ग्रान्ड स्लाम जित्ने दाउमा उनी छन् । उनले अब नवौं वरीताका माटेओ बेरेटिनीसँग खेल्नेछन् । स्विस स्टार रोजर फेडेररले खेल छाडेका थिए । अमेरिकी टिनएजर कोको गौफ पनि सोझो सेटमा जित पाउँदै क्वाटफाइनल पुगेकी छन् ।

प्रकाशित : जेष्ठ २५, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?