कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

स्वास्थ्य अवस्थाका कारण फेडररले बीचमै छाडे फ्रेन्च ओपन

एजेन्सी

पेरिस — स्विस टेनिस खेलाडी रोजर फेडरर स्वास्थ्य अवस्थाका कारण बीचमै फ्रेन्च ओपन छाडेका छन् । चौथो चरणमा पुगिसकेका फेडररले आफ्नो स्वास्थ्य अवस्थालाई हेर्दै यो निर्णय लिएको बताएका छन् ।

स्वास्थ्य अवस्थाका कारण फेडररले बीचमै छाडे फ्रेन्च ओपन

२० पटकका ग्रान्ड स्ल्याम च्याम्पियन उनले तेस्रो चरणमा डोमिनिक कोएफरसँगको प्रतिस्पर्धात्मक खेलपछि यो निर्णय लिएका हुन् ।

उनले आफ्नो घुँडाको २ पटक सर्जरी भएको र एक वर्ष आराम गरेको जानकारी दिँदै छिटो निको हुनका लागि आफ्नो टिमसँगको उक्त निर्णयमा पुगेको बताएका छन् । सोमबार उनले इटालीका मातेओ बेरेतिनीसँग खेल्ने तालिका थियो ।

२००९ को फ्रेन्च ओपन विजेता फेडररले गत वर्ष घुँडाको सर्जरी गराएका थिए । पेरिस आउनुअघिका १६ महिनामा उनले ३ खेल मात्र खेलेका थिए ।

प्रकाशित : जेष्ठ २४, २०७८ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?