कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘युरो सफल र सुरक्षित हुनेछ’

एएफपी

पेरिस — युरो २०२० अर्को साता सुरु हुनेछ, जतिबेला इटालीले रोममा टर्कीको सामना गर्नेछ । विवाद, पछाडि सारिएको स्थिति र नयाँ चुनौतीबीच पनि युरोपेली फुटबलको सर्वोच्च प्रतियोगिता सफल हुने विश्वास छ ।

‘युरो सफल र सुरक्षित हुनेछ’

गत वर्षको मार्चमा प्रतियोगिता एक वर्ष पछाडि सार्ने निर्णय गरिएको थियो । तर अहिलेसम्म पनि कोभिड–१९ को प्रकोप सकिएको छैन र दोस्रो लहर चलिरहेको छ । त्यसैले यसको प्रभाव कुनै न कुनै रूपमा रहने अड्कल काटिएको छ ।

चोटग्रस्त क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगलले उपाधि चुमेको ५ वर्षपछि र फ्रान्सले रुसमा विश्वकप जितेको तीन वर्षपछि हुन लागेको यो विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता रहेको छ । प्रतियोगितामा सहभागी २४ देशमध्ये उपाधि दाबेदार टिमको पनि कुनै कमी छैन र यसमध्ये फ्रान्स सबैभन्दा अगाडि छ । फ्रान्स चाहन्छ, सन् १९९८ मा विश्वकप जितेर युरो २००० जितेजस्तै यसपल्ट यस्तै सफलता दोहोर्‍याउन सकियोस् ।

यसपल्टको प्रतियोगिता भने केही फरक छ । किनभने यो युरोपका फरक ११ देशका ११ फरक सहरमा खेलहरू हुनेछन् । फेरि यो योजना पनि अरू कसैको होइन, युरोपेली फुटबल महासंघका पूर्वअध्यक्ष मिचेल प्लाटिनीको हो । सुरुमा यो प्रतियोगिता १३ सहरमा हुने निर्णय थियो तर कोरोनाको दोस्रो लहरबीच ब्रसेल्स र डब्लिन सहरलाई खेल आयोजनाबाट वञ्चित गरियो । फेरि बिलबाओको स्थान सेभियाले लियो भने डब्लिनमा हुने भनिएको खेल लन्डन र सेन्ट पिटर्सबर्गमा हुने तय भएको छ ।

आयोजनाका थप सहर रहेका छन्, एम्स्ट्रडम, बाकु, बुखारेस्ट, बुडापेस्ट, कोपेनहेगन, ग्लास्गो, लन्डन, म्युनिक र रोम । यी सबै सहरले कम्तीमा २५ देखि शतप्रतिशतसम्म दर्शक प्रवेशको जिम्मा लिएको छ । म्युनिकले भने एलिनाज एरिनामा हुने खेलमा १४ हजार ५ सय दर्शक छिराउने भनिसकेको छ ।

महासंघका अध्यक्ष एलेक्जान्डर सेफेरिन मान्छन्, युरो २०२० सफलमात्र होइन, सुरक्षित पनि हुनेछ । उनले भनेका छन्, ‘यो यस्तो फुटबल प्रतियोगिता हो, जसको मद्दतबाट युरोपले बाँकी विश्वलाई भन्न सकोस्, युरोप जीवन्त छ र यहाँ खुसियाली चलिरहेको छ । युरोप फेरि लयमा फर्केको छ ।’

प्रकाशित : जेष्ठ २३, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?