कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्राजिल विश्वकप छनोटको आरामदायी स्थितिमा

काठमाडौँ — ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिबार इक्वेडरलाई २–० ले हराएर आरामदायी स्थितिमा रहेको छ । ब्राजिलको जितमा रिचार्लिसनले एक मात्र गोल गरे र यसमा नेयमारले सहयोगी भूमिका खेले ।

ब्राजिल विश्वकप छनोटको आरामदायी स्थितिमा

नेयमारले नै दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा दोस्रो गोल थपे र यो पेनाल्टीबाट सम्भव गोल रह्यो । कुल १० टिम सम्मिलित दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिलको यो लगातार पाँचौं जित हो र उसको अधिक्तम १५ अंक भएको छ ।

ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा छ र उसलाई यसमा चार अंकको अग्रता प्राप्त छ । अर्जेन्टिना ११ अंकमा दोस्रो स्थानमा छ । अर्जेन्टिनाले अघिल्लो दिन चिलीसँग बराबरी खेलेको थियो ।

प्रकाशित : जेष्ठ २२, २०७८ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?