कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अर्जेन्टिना चिलीसँग बराबरीमा रोकियो

अर्जेन्टिनाका मेसी र चिलीका सान्चेेजले एक–एक गोल गरेका थिए
एजेन्सी

मोन्टेभिडियो — दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना बिहीबार चिलीसँग १–१ को बराबरीमा रोकिएको छ । लियोनल मेसीले २३औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए पनि त्यसलाई कायम राख्न सकेन ।

अर्जेन्टिना चिलीसँग बराबरीमा रोकियो

चिलीका तर्फबाट एलेक्स सान्चेजले ३६औं मिनेटमा बराबरी गोल फर्काए । यो नतिजापछि अर्जेन्टिनाले ब्राजिललाई उछिनेर अंकतालिकाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

यो नतिजापछि अर्जेन्टिना ५ खेलबाट ११ अंकसहित दोस्रो स्थानमै रह्यो । ब्राजिल ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रह्यो । बुधबारकै अन्य खेलमा उरुग्वे र पाराग्वेले गोलरहित बराबरी खेले भने बोलिभियाले भेनेजुएलालाई ३–१ ले हरायो ।

प्रकाशित : जेष्ठ २१, २०७८ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?