२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

आर्नोल्डले युरोपियन च्याम्पियनसिप गुमाउने

एजेन्सी

लन्डन — इंग्ल्यान्डका खेलाडी एलेक्जान्डर आर्नोल्डले युरोपियन च्याम्पियनसिप गुमाउने भएका छन् । इंग्ल्यान्डले बुधबार युरोपियन च्याम्पियनसिप तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अस्ट्रियालाई १–० ले पराजित गर्दा आर्नोल्डको चोट बोकेका थिए ।

आर्नोल्डले युरोपियन च्याम्पियनसिप गुमाउने

राइट ब्याक आर्नोल्डले खेलको ९० औं मिनेटमा तिघ्रामा चोट बोकेर मैदान छाडेका थिए । उनको चोटको स्क्यान रिपोर्टका आधारमा उनले कम्तीमा ६ साता आराम गर्नुपर्नेछ ।

इंग्ल्यान्डका व्यवस्थापक गारेथ साउथगेटले आर्नोल्डले जुन १३ मा सुरु युरो गुमाउने बताएका छन् । साउथगेटले दुई दिन अघिमात्र २६ सदस्यीय टोलीको घोषणा गर्दा आर्नोल्डसहित चार राइट ब्याकलाई इंग्ल्यान्ड टोलीमा राखेर आश्चर्यजनक निर्णय गरेका थिए ।

शनिबार च्याम्पियन्स लिगको फाइनल खेलेका चेल्सी र म्यानचेस्टर सिटीका खेलाडीबिना उत्रेको इंग्ल्यान्डबाट आर्सनलका टिनएजर बुकायो साकाले ५६ औं मिनेटमा गोल गरेका थिए । राष्ट्रिय टोलीबाट यो उनको पहिलो गोल हो । युरोमा जुन १३ मा क्रोएसियासँग खेल्नुअघि इंग्ल्यान्डले रोमानियासँग तयारीका क्रममा अन्तिम अभ्यास खेल खेल्नेछ ।

६ वर्षपछि राष्ट्रिय टोलीबाट पहिलो खेल खेलिरहेका करिम बेन्जेमा पेनाल्टीमा गोल गर्न चुके पनि युरोको दाबेदार फ्रान्सले वेल्सलाई ३–० ले पराजित गरेको छ । राइट ब्याक निको विलियम्सले निश्चित गोललाई हातले बचाउन खोज्दा २५ औं मिनेटमा रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा झरेको थियो । केलियन एमबाप्पेले ३४ औं मिनेटमा फ्रान्सबाट खोलेको खातामा एन्टोइन ग्रिजमनले ४७ औं र ओसमान डेम्बेलेले ७९ औं मिनेटमा गोल गरेका थिए ।

अन्य मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेदरल्यान्ड्सलाई स्कटल्यान्ड र जर्मनीलाई डेनमार्कले १–१ को बराबरीमा रोकेका थिए ।

प्रकाशित : जेष्ठ २१, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?