फ्रेन्च ओपन : नाडाल र जोकोभिच तेस्रो चरणमा

एजेन्सी

पेरिस — डिफेन्डिङ च्याम्पियन राफेल नाडालले बिहीबार फ्रेन्च ओपनको तेस्रो चरणको यात्रा तय गरेका छन् ।

फ्रेन्च ओपन : नाडाल र जोकोभिच तेस्रो चरणमा

अबको खेलमा उनले क्यामरुन नुरीको सामना गर्नेछन् । तेस्रो वरीयताका स्पेनी खेलाडी नाडालले रिचर्ड ग्यास्क्वेटलाई ६–०, ७–५ र ६–२ ले हराए ।

यसअघि नुरीले दक्षिण अफ्रिकाका लोयड ह्यारिसलाई पराजित गरेका थिए । शीर्ष वरीयताका नोभाक जोकोभिचले पनि तेस्रो चरण प्रवेशका लागि उरुग्वेका पाब्लो कुभासलाई ६–३, ६–२ र ६–४ ले हराए ।

यस्तै आठौं वरीयताका रोजर फेडेररले क्रोएसियाका मारिन चिलिचलाई ६–२, २–६, ७–६ र ६–४ ले पन्छाए ।

प्रकाशित : जेष्ठ २१, २०७८ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?