फ्रन्टलाइनका स्वास्थ्यकर्मीमा जित समर्पित : अल्मुताइरी

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियाली विश्वकप छनोट समूह बीमा चिनियाँ ताइपेईमाथि प्राप्त जित कोरोना महामारी रोकथामका लागि फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीलाई समर्पित गरेका छन् ।

फ्रन्टलाइनका स्वास्थ्यकर्मीमा जित समर्पित : अल्मुताइरी

नेपालले चिनियाँ ताइपेईमाथि २–० को प्रभावशाली जित निकालेको हो । कोभिड संक्रमण महामारीकै कारण नेपालले आफ्नो घरेलु मैदानमा हुनुपर्ने खेल खेल्न पाएको छैन । अहिले कुवेतमा खेलिरहेको छ ।

अल्मुताइरीले भर्चुअल पोस्ट म्याच कन्फ्रेन्समा भने, ‘चिनियाँ ताइपेईले पनि आज निकै राम्रो खेल्यो । खेल निकै महत्त्वपूर्ण थियो र यसमा विपक्षी टिमलाई आश्चर्यमा पार्न हामीले नेपाली टिममा केही परिवर्तन गरेका थियौं,’ उनले थपे, ‘खेल निकै प्रतिस्पर्धात्मक रह्यो र हाम्रो टिम उत्तिकै महत्त्वपूर्ण रह्यो ।’

प्रकाशित : जेष्ठ २१, २०७८ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?