फ्रान्स र इंग्ल्यान्ड विजयी

एजेन्सी

लन्डन — युरो २०२० सुरु हुनुअगाडिको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा विश्व च्याम्पियन फ्रान्स र इंग्ल्यान्डले बुधबार जित आत्मसात् गरेका छन् । फ्रान्सले १० खेलाडीमा सीमित वेल्सलाई ३–० ले हरायो ।

फ्रान्स र इंग्ल्यान्ड विजयी

त्यसमा केयलिन एमबापे, एन्टोन ग्रिजमन र ओसमन डेम्बेलेले गोल गरे । इंग्ल्यान्डले भने बुकाया साकाको पहिलो अन्तर्राष्ट्रिय गोलको मद्दतमा अस्ट्रियालाई १–० ले पराजित गर्‍यो ।

अन्य प्रमुख खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डसँग २–२ र जर्मनीले डेनमार्कसँग १–१ को बराबरी खेले ।

प्रकाशित : जेष्ठ २०, २०७८ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?