कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोपा अमेरिका अर्जेन्टिनामा पनि नहुने

एजेन्सी

मान्टेभिडियो — दक्षिण अमेरिकी फुटबलको सर्वोच्च प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनामा पनि नहुने भएको छ । अर्जेन्टिनामा कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहर बढेपछि दक्षिण अमेरिकी फुटबल महासंघले प्रतियोगिता अर्जेन्टिनामा नगर्ने सोमबार निर्णय गरेको हो ।

कोपा अमेरिका अर्जेन्टिनामा पनि नहुने

अर्जेन्टिनामा अहिले सबै प्रकारका फुटबल रोकिएका छन् । महासंघको यो निर्णयपछि प्रतियोगिताको आयोजनाबारे अन्योल छाएको छ । यसअघि प्रतियोगिता अर्जेन्टिना र कोलम्बियाले जुन १३ बाट संयुक्त रूपमा गर्ने तय भएको थियो ।

तर कोलम्बियाले आफ्नो देशमा भइरहेको प्रदर्शनका कारण नाम फिर्ता लिएको थियो । निर्धारित कार्यक्रमअनुसार प्रतियोगिता सुरु हुन १३ दिन मात्र बाँकी छ । महासंघले नयाँ आयोजकबारे छलफल भइरहेको पनि जनाएको छ । प्रतियोगिता एक वर्षअगाडि नै हुनुपर्ने थियो तर कोरोना महामारी चर्केपछि एक वर्ष पछाडि सारिएको थियो । अब दोस्रोपल्ट प्रतियोगिताको आयोजना अनिश्चित भएको छ ।


प्रकाशित : जेष्ठ १७, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?