१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

आईपीएलका बाँकी खेल यूएईमा

एजेन्सी

मुम्बई — इन्डियन प्रिमियर लिग २०२१ का बाँकी खेल यूएईमा सेप्टेम्बर र अक्टोबरबीच हुने भएको छ । ट्वान्टी–ट्वान्टी क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता मे ४ मा रोकिएको थियो ।

आईपीएलका बाँकी खेल यूएईमा

प्रतियोगितामा सहभागी केही खेलाडी र प्रशिक्षक कोरोना भाइरसबाट संक्रमित भएपछि खेल रोकिएको थियो । अब भारतमा मनसुन सुरु हुने हुनाले प्रतियोगिताका आयोजकले खेल यूएईमा सारेका हुन् ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले प्रतियोगिताका बाँकी खेल फेरि सुरु गर्ने एकमतले निर्णय भएको जनाएको छ । प्रतियोगितामा ३१ खेल हुन बाँकी छन् । यी सबै खेल व्यस्त अन्तर्राष्ट्रिय तालिकाबीच हुनेछ ।


प्रकाशित : जेष्ठ १६, २०७८ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?