१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

प्रश्नमा घेरिएको रियल

मार्का

म्याड्रिड — सन् २००९–२०१० यता पहिलोपल्ट रियल म्याड्रिडले यस सिजन केही पनि जित्न सकेन । यो यस्तो स्थिति हो, जहाँ रियललाई लिएर धेरै प्रश्न छन्, तर त्यसको उत्तर भने कममात्र छन् ।

प्रश्नमा घेरिएको रियल

अझ प्रश्न त प्रशिक्षक जिनेदिन जिदानदेखि खेलाडी मार्सेलो र सर्जियो रामोसको भविष्यलाई लिएर पनि छ । यो क्रम जारी रहेमा रियल स्वयंको भविष्यमा प्रश्न उठ्ने छ । भनिने छ, के यो क्लब अहिले इतिहासमा जत्तिकै उत्कृष्टको छेउछाउ पनि छ त ?

जतिबेला नयाँ सिजन सुरु हुनेछ, रियलमा धेरै नयाँ हुने सक्नेछ, किनभने धेरैले यसपल्ट क्लब छाड्दैछन् । आखिरमा केही जित्न नसक्नुको मूल्य त कसैले भए पनि चुकाउनु नै पर्छ । फेरि क्लबले नयाँ सुरुआत लिन आवश्यक छ । अहिले तत्काल रियलमा कुनै स्थानमा रहेका खेलाडी सुरक्षित छ भने त्यो गोलरक्षकमात्र हो । थिवाउट कोर्टुआ पहिलो रोजाइका गोलरक्षकका रूपमा रहनेछन् । डिएगो अल्टुबे र आन्द्रे लुनिनको भविष्य पनि सुरक्षित छ । थिवाउट भएनन् भने यी दुई गोलरक्षक पनि रियलका लागि कामचलाउ हुन सक्छन् । गोलरक्षकको ठीकअगाडि खेल्ने खेलाडीमा भने परिवर्तन हुनसक्ने पक्का पक्की छ । यसको प्रमुख कारण हो, सर्जियो रामोस र राफेल भार्नेले क्लब छाड्न सक्छन् । रामोसको अनुबन्ध त जुन ३० सम्म मात्र छ, जबकि भार्नेको अनुबन्धले अन्तिम वर्ष प्रवेश गर्दै छ । सम्भवतः रियलका लागि भार्नेलाई बेच्ने आर्थिक रूपमा फाइदाको कारोबार हुन सक्नेछ, सके राम्रै नाफा हुनेछ ।

मार्सेलोले पनि १५ वर्ष र ५ सय २८ खेलपछि क्लब छाड्ने अनुमान गरिएको छ । पछिल्लो समय रियलको मध्यपंक्ति तीन खेलाडीमा टिकेको छ । यी खेलाडी हुन्, कासेमिरो, टोनी क्रुस र लुका मोड्रिच । यिनीहरूको साझेदारी पक्कै पनि तोडिने छैन् । यसको सबैभन्दा पहिलो संकेत क्रोएसियाली खेलाडी मोड्रिचले क्लबसँग गरेको हालैको अनुबन्ध नै हो । यो सिजन रियलका लागि कोही एक खेलाडीले लगातार अब्बल दर्जाको खेल खेलेको छ भने त्यो करिम बेन्जेमाले हो ।

त्यसैले रियलको आक्रमणमा बेन्जेमाको विकल्प सोचिने छैन । उनीसँगै भिनिसियस जुनियर र रोड्रिगोले पनि ठीकठाक खेलेका छन् । यस्तै दाबी इडेन हाजार्डलाई लिएर पटक्कै गर्न सकिने छैन । एकपछि अर्को चोटबाट गुज्रिरहेका हाजार्डको भविष्य क्लबमा मात्र होइन, उनको पूरा खेलजीवनमै प्रश्न छ । योभन्दा ठूलो प्रश्न पक्कै पनि प्रशिक्षक जिदानलाई लिएर छ । रियलमा यी फ्रान्सेली प्रशिक्षकको अनुबन्ध एक वर्ष बाँकी छ । तर डर छ ढिलोचाँडो उनले कुनै पनि बेला क्लब छाड्न सक्नेछन् ।

प्रकाशित : जेष्ठ १३, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?