कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

स्पेनी टिममा परेनन् रामोस

एएफपी

म्याड्रिड — स्पेनी प्रशिक्षक लुइस एनरिकेले सोमबार युरो २०२० का लागि टिम घोषणा गरेका छन् । टिममा अनुभवी डिफेन्डर सर्जियो रामोसलाई समावेश गरिएको छैन । रामोसको अनुपस्थितिका कारण यसपल्ट घोषित टिममा कोही पनि रियल म्याड्रिडका खेलाडी रहने छैनन् ।

स्पेनी टिममा परेनन् रामोस

एनरिकले भर्खर आफ्नो राष्ट्रियमा परिवर्तन गरेका सेन्ट्रल डिफेन्डर आयमेरिक लापोर्टेलाई भने टिममा समावेश गरेका छन् । रियल कप्तान ३५ वर्षीय रामोस यस सिजन चोटका कारण राम्रो र नियमित प्रदर्शनका लागि संघर्षरत रहेका थिए ।

घोषित टिमको गोलरक्षकमा उनाइ सिमोन, डेविड डेगोआ र रोबर्ट सान्चेज छन् । यस्तै, रक्षापंक्तिमा जोसे आगाय, जोर्डी अल्बा, पउ टोरेस, आयेमेरिक लापोर्टे, एरिक गार्सिया, डिएगे लोरेन्ट र सिसर अजपिलिक्वेटा रहेका छन् । मध्यपंक्तिमा सर्जियो बास्क्वेट, रोड्री, पेड्रो, थिएगो अल्कान्टार, कोके, फाबिन रुइज र मार्कोस लोरेन्टले स्थान बनाएका छन् ।

अग्रपंक्तिमा डानी ओल्मो, मिखेल आयारजाबल, अल्भारो मोराटा, जेरार्ड मोरेनो, फेरान टोरेस, एडम टाउरे र पाब्लो साराबिया छन् । युरोमा स्पेन स्विडेन, पोल्यान्ड र स्लोभाकियाको समूहमा रहेको छ ।

प्रकाशित : जेष्ठ १०, २०७८ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?