श्रीलंकाविरुद्धको पहिलो वान डेमा बंगलादेश विजयी

काठमाडौँ — बंगलादेशले श्रीलंकाविरुद्धको पहिलो वान डे आइतबार ३३ रनले जितेको छ । खराब सुरुवात गरे पनि खेलमा फर्कन सफल बंगलादेशले पहिले ब्याटिङ गर्दै ६ विकेटमा २ सय ५७ रन बनाएको थियो । जवाफमा श्रीलंकाले ४८.१ ओभरमा सबै विकेट गुमाउन अगाडि २ सय २४ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाविरुद्धको पहिलो वान डेमा बंगलादेश विजयी

टिमले ९९ रन बनाउँदासम्म चार विकेट गुमाइसकेको बंगलादेशका लागि मुसफिकर रहिम र महमुदुलाहले शतकीय साझेदारी गरे र टिमलाई मबजुत स्कोर खडा गर्न मदत गरे । रहिमले सर्वाधिक ८४ रन बनाए भने महमुदुलाहले ५४ रनको योगदान दिए । नियमित अन्तरमा विकेट गुमाएको श्रीलंकाले बलियो जवाफ पेस गर्न सकेन् ।

उसका लागि वानिन्डु हसरंगाले सर्वाधिक ७४ रन बनाए, तर उनलाई कसैले पनि बलियो साथ दिएनन् । बंगलादेशी बलरमध्ये मेहदी हसन घातक सावित भए र उले ३० रनमा चार विकेट लिए । यसअघि खेल सुरु हुन अगाडि भ्रमणकारी श्रीलंकाली टिमका तीन सदस्य कोभिड-१९ बाट संक्रमित भएको पुष्टि भएको थियो ।

यससँगै पहिलो वान डे रद्द हुने डर उत्पन्न भएको थियो । तर अन्यमा खेल हुने निर्णय गरिएको थियो । संक्रमित पाइएमा दुई खेलाडी र एक प्रशिक्षक रहेको बताइएको छ । बंगलादेशी मिडियाले संक्रमित पाइएकामा बलिङ प्रशिक्षक चामिन्दा भास र खेलाडी इसुरु उडान र सिरन फनान्डो रहेको जनाएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७८ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?