१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विवेकलाई बुद्धिचाल उपाधि

काठमाडौँ — क्यान्डिडेट मास्टर विवेक लामाले विष्णुबहादुर स्मृति अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका छन् । रसियामा अध्ययन रहेका विवेकले फाइनल चरणको खेलमा पूर्वनेपाल च्याम्पियन बद्रीलाल नेपालीसँग बराबरी खेल्दै ९ अंकसहित उपाधि जितेका हुन् ।

विवेकलाई बुद्धिचाल उपाधि

समान साढे ९ अंक जोडे पनि प्रोग्रेसिभ अंकका कारण बद्रीलाल दोस्रो स्थानमा रहे । काभ्रेका फिडे मास्टर क्षितिज भण्डारीले एघारौं चरणमा भक्तपुरका विक्रम चोकमिमाथि सफलता हात पार्दै तेस्रो स्थान ओगटे ।

ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा चौथो र पाँचौं स्थानमा फिडे मास्टर मनीष हमाल, क्यान्डिडेट मास्टर मिलन लामा रहे भने झापाका राजन सुवेदी, भक्तपुरका निकेन कुस्था, चितवनका सुमित पन्त र काठमाडौंका मिसन दाहाल छैटौंदेखि स्थानमा रहे । स्विस लिग प्रणालीअनुसार एघारौं चरणसम्म भएको खेलमा महिलातर्फको उपाधि वर्तमान नेपाल च्याम्पियन सुजना लोहनीले जितिन् । दोस्रोमा काठमाडौंका रिया श्रेष्ठ र तेस्रो कृपा अधिकारी जोशी भए । १७०० मुनि रेटेडमा नुवाकोटका जमिल अली १५०० मुनिमा रवीन्द्र लामा र भेट्रानतर्फ पूर्व नेपाल च्याम्पियन पुण्यमान कर्माचार्य उत्कृष्ट ठहरिए ।

धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष विकास कार्कीका बुबा विष्णुबहादुर थापाको स्मृतिमा भएको प्रतियोगितामा ९७ खेलाडीलाई नगद पुरस्कारको सहयोग धादिङका यति टाइल ब्रिकका म्यानेजिङ डाइरेक्टर माधव गजुरेलले गरेका थिए ।

प्रकाशित : जेष्ठ ९, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?