कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीएसजी फ्रेन्च कप च्याम्पियन

एजेन्सी

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार पछिल्लो सात वर्षमा छैटौं पल्ट फ्रेन्चकप जितेको छ ।  पीएसजीले फाइनलमा मोनोकालाई २–० ले पराजित गरेको हो ।

पीएसजी फ्रेन्च कप च्याम्पियन

मउरो इकार्डीले १९ औं मिनेटमा पीएसजीका पहिलो गोल गरे भने केयलिन एमबापेले नौ मिनेट अगाडि दोस्रो गोल थपेर टिमको जित निश्चित गरे ।

पीएसजीले यो सिजन प्रशिक्षक मउरिसो पोचेटिनोको नेतृत्वमा जितेका यो दोस्रो उपाधि हो । यसअघि पीएसजीले जनवरीमा ट्रफे डेस च्याम्पियन्स जितेको थियो । फ्रान्सेली लिग वानमा भने पीएसजी दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?