कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

चेल्सीको च्याम्पियन्स लिग सम्भावना बलियो

एजेन्सी

लन्डन — चेल्सीले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । यसका लागि उसले मंगलबारको खेलमा लेस्टर सिटीलाई २–१ ले हरायो ।

चेल्सीको च्याम्पियन्स लिग सम्भावना बलियो

चेल्सी तीन दिन अगाडि मात्र एफएकप फाइनलमा लेस्टरकै हाटबाट १–० ले पराजित भएको थियो ।

उसको जितमा एन्टोनिया रुडिगर र जोर्जिन्होले गोल गरे । केलेची इहेनाचाले लेस्टरका लागि एक गोल फर्काए । यो जितपछि चेल्सी तेस्रो स्थानमा उक्लेको छ । उसको ६७ अंक भएको छ । लेस्टर भने ६६ अंकमा चौथो स्थानमा छ ।

अब पाँचौं स्थानका लिरभपुलले बुधबार बर्नलीलाई हराएर लेस्टरलाई उछिन्न सक्नेछ । लिरभपुलको ६३ अंक छ । मंगलबारका अन्य खेलमा लिग च्याम्पियन भइसकेको म्यानचेस्टर सिटी ब्राइटनसँग २–१ ले पराजित रह्यो ।

ब्राइटनले उत्कृष्ट पुनरागमन गर्दै स खेलाडीमा सीमित सिटीलाई हराएको हो । यस्तै म्यानचेस्टर युनाइटेड र फुलहमले १–१ को बराबरी खेले भने लिड्स युनाइटेडले साउथह्याम्पटनलाई २–० ले पराजित गर्न सफल रह्यो ।

प्रकाशित : जेष्ठ ५, २०७८ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?