कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नाडालले दसौंपटक जिते इटालियन ओपन

एजेन्सी

रोम — राफेल नाडालले आइतबार दसौंपल्ट इटालियन ओपन जितेका छन् । यसका लागि उनले विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचलाई ७–५, १–६ र ६–३ ले हराए । फ्रेन्च ओपन सुरु हुनु दुई साताअगाडि उनले यो जित निकालेका हुन् ।

नाडालले दसौंपटक जिते इटालियन ओपन

दोस्रो वरीयताका नाडाल र जोकोभिचबीच खेल भएको यो ५७औं पल्ट हो । यो जितपछि नाडालले ३६औं एटीपी मास्टर्स उपाधि उचाल्दै जोकोभिचकै बराबरी गरेका छन् ।

यी दुई खेलाडीबीच यसअघि अन्तिम पटक फ्रेन्च ओपनको फाइनलमा भेट भएको थियो । त्यसमा नाडाल नै विजयी रहेका थिए ।

प्रकाशित : जेष्ठ ३, २०७८ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?