गोलरक्षकको गोलमा लिभरपुल विजयी

एजेन्सी

लन्डन — गोलरक्षक एलिसन बेकरले ९५औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा वेस्ट ब्रुमलाई आइतबार २–१ ले पराजित गरेको छ । यससँगै टोलीले युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायमै राखेको छ ।

गोलरक्षकको गोलमा लिभरपुल विजयी

रेलिगेसनमा परिसकेको वेस्ट ब्रुमलाई हराउन असफल रहेको भए योर्गन क्लोपको टिमलाई शीर्ष चारमा रहन गाह्रो हुने थियो । तर ब्राजिली खेलाडी इन्ज्युरी समयको अन्त्यतिर विपक्षी टिमको पेनाल्टी एरियामा पुगे र हेडबाट गोल गरे ।

यो जितपछि लिभरपुल चौथो स्थानमा रहेको चेल्सीसँग एक अंकको दूरीमा रह्यो । यस्तै लिभरपुल तेस्रो स्थानको लेस्टरभन्दा तीन अंकले पछाडि छ । चेल्सी र लेस्टरले एकअर्काविरुद्ध खेल्न बाँकी छ ।

त्यसैले लिभरपुलले आफ्ना अन्तिम दुई खेलमा बर्नली र क्रिस्टल प्यालेसलाई हराउने हो भने शीर्ष चारको स्थान निश्चित हुनेछ । आइतबारका अन्य खेलमा सेफिल्ड युनाइटेडले एभरटनलाई १–०, टोटनहमले उल्भ्सलाई २–० र क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–२ ले हराए।

प्रकाशित : जेष्ठ ३, २०७८ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?