३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

इन्टरमाथि युभेन्ट्सको नाटकीय जित

एजेन्सी

मिलान — जुवान क्वाडाड्रोले पेनाल्टीबाट खेलको अन्त्यतिर गोल गरेपछि युभेन्ट्सले इटालीको सिरी ए मा इन्टर मिलानमाथि शनिबार ३–२ को नाटकीय जित निकालेको छ । 

इन्टरमाथि युभेन्ट्सको नाटकीय जित

खेलको ३५ मिनेटपछि इन्टर १० खेलाडीमा सीमित भएको थियो । युभेन्ट्सले क्रिस्टियानो रोनाल्डोको गोलले अग्रता लिएको थियो र यो जितपछि उसको शीर्ष चारको सम्भावना कायम रह्यो । युभेन्ट्सको ३७ खेलबाट ७५ अंक भएको छ ।

यस्तै, रोम डर्बीमा रोमाले लाजियोलाई २–० ले पराजित गर्‍यो । शनिबारकै अन्य खेलमा दोस्रो स्थानका एटलान्टाले जेनोआलाई ४–३, स्पेजियाले टुरिनोलाई ४–१ ले हरायो ।

प्रकाशित : जेष्ठ २, २०७८ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?