लेस्टरले जित्यो पहिलोपल्ट एफए कप
लन्डन — लेस्टर सिटीले शनिबार क्लब इतिहासको १ सय ३७ वर्षमा पहिलोपल्ट एफए कप जितेको छ । उसले यसका लागि २२ हजार दर्शक उपस्थित वेम्बली रंगशालामा चेल्सीलाई १–० ले हरायो ।
त्यसमा बेल्जियमका योरी टिलेमन्सले ६३ औं मिनेटमा उत्कृष्ट गोल गरे । यो कोरोना भाइरस संक्रमण महामारीको १४ महिनायता इंग्लिस खेलकुदमा सबैभन्दा बढी दर्शकको उपस्थिति हो ।
लेस्टरले पाँच वर्षअगाडि सनसनीपूर्ण रूपमा इंग्लिस प्रिमियर लिग जितेको थियो । अहिले पाँचौं पल्टको प्रयासमा एफए कप जित्न सफल रह्यो । लेस्टर यसअघि चारचोटि एफए कपको फाइनलमा पुगेको थियो । यसमध्ये अन्तिम अवसर ५२ वर्षअगाडि थियो ।
प्रकाशित : जेष्ठ २, २०७८ ०६:३२प्रतिक्रिया