कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

काठमाडौं बन्यो नेपाल सुपर लिग च्याम्पियन

हिमेश

काठमाडौँ — काठमाडौं रेजर्सले शनिबार नेपाल सुपर लिग पहिलो संस्करण जितेको छ । यसका लागि दशरथ रंगशालामा भएको प्रतियोगिताको फाइनलमा धनगढी एफसीलाई १–० ले हरायो र यसमा क्यामरुन खेलाडी मेसुके ओलोमोयुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । काठमाडौंले उपाधिसँगै कीर्तिमान ३५ लाख रुपैंया प्राप्त गर्‍यो ।

काठमाडौं बन्यो नेपाल सुपर लिग च्याम्पियन

प्रतियोगितामा यो दुई टिमबीचको तेस्रो भेट हो र यसक्रममा काठमाडौंले बेहोरेका दुई हारको बदला पनि लिएको छ । प्रतियोगिताको पहिलो उद्घाटन खेलमा काठमाडौंले जितसँगै सुरुआत गरेको थियो र अन्तिम खेलमा उसकै जितसँगै प्रतियोगिता टुंगेको छ । लिग चरणको समाप्तीमा काठमाडौं शीर्ष स्थानमा रहेको थियो ।

यस्तोमा काठमाडौं उपाधिका लागि पूर्ण हकदार पनि रह्यो । फाइनलमा भने ओलोमोयुले २१ औं मिनेटमा गोल गरे र यो उनको प्रतियोगितामा आठौं व्यक्तिगत गोल पनि रह्यो । विश्वास श्रेष्ठले दिएको पासमा उनले धनगढीका दुई डिफेन्डरको बीचबाट प्रहार गर्दै गोल गरे र यसक्रममा आफूलाई माथिल्लो दर्जाको स्ट्राइकर सावित गरे ।

काठमाडौंले बलियो डिफेन्सको चुनौती तेर्साएको थियो र धनगढी त्यसलाई तोड्न सफल रहेन । पहिलो हाफमा फिक्का सावित धनगढीले दोस्रो हाफको १० मिनेटमा लगातार आक्रामण बुनेको थियो तर भाग्यले उसलाई साथ दिएन । खेलको ४६ औं मिनेटमा बुद्धबल तामाङले नजिकको दूरीबाट गरेको प्रहारलाई कोरा फ्लोरेन्टले रोके ।

लगतै ५२ मिनेटमा पुजन उपरकोटीले कर्नरमा प्राप्त मौकामा बललाई पोस्टको दिशा सकेनन् । त्यसको एक मिनेटपछि नै मार्की प्लेयर विशाल राईको गरेको हेड प्रहारले सही दिशा लिन सकेन । यस्तै, ५५ औं मिनेटमा अशोक खवासले लामो दूरीबाट गरेको प्रहारले पोस्टका दिशा लिँदा अन्तिम क्षणमा काठमाडौंका गोलरक्षक विकेश कुथुले जोगाए ।

त्यसयता काठमाडौंले धनगढीलाई रोक्न सक्यो । खेलको ७४ औं मिनेटमा ओलोमोयुले गरेको शक्तिशाली प्रहार पोस्टमा लागेको थियो । त्यस प्रहारमा धनगढीका गोलरक्षक किरण लिम्बूले हल्का छुने भएका थिए । धनगढीका प्रमुख खेलाडी नाइजेरियाली ओलादिपो आलावाले आफिज पूर्णत: फिट देखिएनन् र उनी ६९ सब्टिच्युट भए ।

उनी जति समय मैदानमा रहे, काठमाडौंका डिफेन्डरले उनलाई खुलेर खेल्ने अवसर नै दिएनन् । दोस्रो हाफको अन्त्यतिर धनगढीका खेलाडीले सम्हाल्न सकेनन् र उनीहरूको प्रदर्शन नियन्त्रण भन्दा बाहिर पनि देखियो । लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले हराएको थियो । यस्तै पहिलो प्लेअफमा पनि धनगढीले काठमाडौंलाई २–१ ले पराजित गरेको थियो ।

प्रकाशित : जेष्ठ १, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?