कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

एट्लेटिको लिग उपाधिबाट दुई खेल टाढा

एजेन्सी

म्याड्रिड — एट्लेटिको म्याड्रिड सन् २०१४ यता पहिलोपल्ट स्पेनी ला लिगा जित्ने संघारमा पुगेको छ । उसले बुधबारको खेलमा रियल सोसिडाडलाई २–१ ले हरायो । एटलेटिकोले यानिक करास्को र एन्जेल कोरेआको दुई गोलमा अग्रता लिएको थियो ।

एट्लेटिको लिग उपाधिबाट दुई खेल टाढा

सोसिडाडका तर्फबाट इगोर जुबेलडिआले एक गोल फर्काए । अब एट्लेटिकोले लिगमा बाँकी दुई खेल जित्ने हो भने लिग उपाधि उसको हुनेछ । यो क्लबका लागि ११औं लिग उपाधि हुनेछ । उसका अन्तिम दुई खेल ओसासुना र रियल भालाडोलिडविरुद्ध छन् । एट्लेटिकोको ३६ खेलबाट ८० अंक भएको छ ।

त्यसपछि बार्सिलोना ७६ र रियल म्याड्रिड ७५ अंकमा छन् । बुधबारका अन्य खेलमा चौथो स्थानमा रहेको सेभियाले भ्यालेन्सिया, सेल्टा भिगोले गेटाफे र हुएस्काले एथलेटिक बिलबाओलाई समान १–० ले हराए ।

प्रकाशित : वैशाख ३०, २०७८ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?