१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

युभेन्टसका लागि रोनाल्डोको सयौं गोल

एजेन्सी

मिलान — क्रिस्टियानो रोनाल्डोले क्लबका लागि गरेको एक सयौं गोलको सहयोगमा युभेन्टसले इटालीको 'सिरी ए' मा ससुलोलाई ३–१ ले हराएर च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना कायम राख्यो ।

युभेन्टसका लागि रोनाल्डोको सयौं गोल

युभेन्टसका लागि रोनाल्डोसँगै एडरिन राबोट र पउलो ड्याबेलाले पनि गोल गरे । यो जितपछि युभेन्टस ३६ खेलबाट ७२ अंकमा पाँचौं स्थानमा रह्यो ।

बुधबारका अन्य खेलमा भने अंक तालिकाको शीर्ष तीनमा रहेका सबै टिम विजयी रहे । यसमध्ये लिग उपाधि जितिसकेको इन्टर मिलानले एएस रोमालाई ३–१, एटलान्टाले बेनेभन्टोलाई २–० र एसी मिलानले टुरिनोलाई ७–० ले हरायो ।

प्रकाशित : वैशाख ३०, २०७८ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?