३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ललितपुर अर्को प्ले अफमा, बुटवल–लुम्बिनी बाहिरियो

हिमेश — प्रतियोगिताबाट बाहिरिने संघारमा पुगिसकेको ललितपुर सिटी एफसी बुधबार अन्तत: नेपाल सुपर लिगको अन्तिम प्ले अफमा प्रवेश गर्न सफल भएको छ । उसले दशरथ रंगशालामा भएको इलिमिनेटरमा कप्तान अञ्जन विष्टको निर्णायक गोलको मद्दतले बुटवल–लुम्बिनी एफसीलाई १–० ले हरायो ।

ललितपुर अर्को प्ले अफमा, बुटवल–लुम्बिनी बाहिरियो

ललितपुरको यो लगातार तेस्रो जित हो । ललितपुर लिग चरणका अन्तिम दुई खेलमा पनि विजयी रहेको थियो । यसपल्टको खेलमा भने अञ्जनले ६१ औं मिनेटमा निर्णायक गोल गरे । मार्की खेलाडी पनि रहेका उनले डाइभिङ हेड गर्दै गोल गरेका हुन् । प्रतियोगितामा उनको यो तेस्रो व्यक्तिगत गोल हो ।

खराब सुरुआतपछि ललितपुरले आफ्ना प्रमुख प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गरेको थियो । त्यसयता टिमले प्रतियोगितामा पुर्नआगमन रच्‍न सकेको हो । नयाँ मुख्य प्रशिक्षकमा राजु तामाङ नियुक्त भएपछि ललितपुरको भाग्य फेरिएको हो । ललितपुरले अब बिहीबार नै काठमाडौं रेजर्ससँग अर्को इलिमिनेटर खेल्नेछ । लिग चरणमा ललितपुरले बुटवल–लुम्बिनीलाई १–० ले हराएको थियो ।

हारसँगै प्रतियोगितामा बुटवल–लुम्बिनीको चुनौती समाप्त भएको छ । यसपल्ट बुटवल–लुम्बिनी गोलको सबैभन्दा नजिक ७९ औं मिनेटमा पुगेको थियो । तर उसका ओमोलाजा नुरेन करिमको प्रहार पोस्टमा लागेर फर्केको थियो । लिग चरणको समाप्तीमा रहेर बुटवल–लुम्बिनी चौथो स्थानमा रहेर पहिलो इलिमिनेटरका लागि छनोट भएको थियो ।

धनगढी एफसीसँग पराजित भएपछि काठमाडौंले यो दोस्रो इलिमिनेटर खेल्नु परेको हो । ललितपुरले भने अहिले प्राप्त जितपछि यो खेलमा आफ्नो चुनौती पेस गर्न पाएका हो । दोस्रो इलिमिनेटरमा विजयी हुने टिमले भने फाइनल प्रवेश गर्नेछ र शनिबार हुने उपाधि भिडन्तमा धनगढीको सामना गर्नेछ ।

प्रकाशित : वैशाख २९, २०७८ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?