२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

धनगढी नेपाल सुपर लिगको फाइनलमा

हिमेश

काठमाडौँ — धनगढी एफसीले मंगलबार नेपाल सुपर लिगको फाइनल यात्रा तय गरेको छ । यसका लागि उसले दशरथ रंगशालामा भएको प्लेअफको पहिलो खेलमा काठमाडौं रेजर्सलाई २–१ ले हरायो ।

धनगढी नेपाल सुपर लिगको फाइनलमा

फाइनल पुग्ने पहिलो टिम हुन धनगढी १ सय २० मिनेटको संघर्षपूर्ण खेलमा विजयी रहेको हो । काठमाडौंमाथि धनगढीको यो लगातार दोस्रो जित हो ।

यसपल्टको जित भने एक गोलले पछाडि रहेको स्थितिबाट पुर्नआगमन रह्यो । धनगढीका लागि मार्की प्लेयर विशाल राईले १ सय ८ औं मिनेटमा निर्णायक गोल गरे । उनले अनमार्क रहेको स्थितिमा गोल गरे, तर लगतै उनले खुसीयाली भने मनाएन् । दुवै टिम गोल अगाडि विशाल अफ साइड स्थितिमा रहेको अनुमान थियो तर उनी पूर्णत: अनसाइड नै थिए र यसलै टिमलाई फाइनलसम्म पुर्‍यायो ।

खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगेपछि अतिरिक्त समयमा गएको हो । काठमाडौंले ७५ औं मिनेटमा अग्रता लियो र यो गोल तेज तामाङको नाममा रह्यो । मेसुके ओलेमोयुको क्रसमा अनमार्क रहेका तेजले नजिकको दूरीबाट हेड गरे । काठमाडौंको यो अग्रता लामो समय भने टिकेन् र धनगढीले ७८ औं मिनेटमै बराबरी गोल फर्काउन सफल रह्यो ।

पुजन नगरकोटीले उत्कृष्ट ब्याक भलिमा यो गोल गरेका हुन् । काठमाडौंका गोलरक्षक विकेश कुथु बल क्लियर गरेर अगाडि बढेको अवसरमा उनले ओभर हेड प्रहारको मदतले यो गोल गरेका हुन् । खेलको पहिलो राम्रो अवसर १५ औं मिनेटमा ओलेमोयुले सिर्जना गरेका थिए । उनले गरेको शक्तिशाली प्रहार पोस्टमा लागेर फर्केको थियो र यससँगै पहिलो हाफ गोलरहित बराबरीमा टुंगेको थियो ।

लिग चरणमा धनगढीले काठमाडौंलाई सजिलै ३–० ले हराएको थियो । लिग चरणको समाप्तीमा शीर्ष दुई स्थानमा रहेका टिम यस पहिलो प्लेअफका लागि छनोट भएका हुन् । अब पराजित टिम काठमाडौंले फाइनल प्रवेशका लागि थप एक अवसर पाउने छ र उसले दोस्रो प्लेअफको विजेतासँग खेल्नेछ । बुधबारको इलिमिनेटरमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी खेल्नेछन् ।

प्रकाशित : वैशाख २८, २०७८ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?