बर्नलीसँग हारेपछि फुलहम रेलिगेसनमा

एजेन्सी

लन्डन — बर्नलीसँग पराजित भएपछि फुलहम इंग्लिस प्रिमियर लिगबाट सोमबार रेलिगेसनमा परेको छ । लिगमा तीन चरणका खेल बाँकी छँदै फुलहम दोस्रो डिभिजनमा झर्ने निश्चित भएको हो । बर्नली २–० ले विजयी रह्यो ।

बर्नलीसँग हारेपछि फुलहम रेलिगेसनमा

यसअघि सेफिल्ड युनाइटेड र वेस्ट ब्रुम पनि रेलिगेसनमा परिसकेका छन् । यससँगै च्याम्पियनसिप लिगमा झर्ने तीन टिमको समीकरण पूरा भएको छ । फुलहमले तीन खेल खेल्न बाँकी छँदा सुरक्षित स्थानबाट १० अंकले पछाडि रह्यो ।

बर्नलीको जितमा एस्ली वेस्टउड र क्रिस डले गोल गरे । यससँगै बर्नली लगातार छैटौं सिजन प्रिमियर लिगमा कायम रहन सफल रह्यो । जितपछि टोली ३९ अंकसहित लिग तालिकाको १४औं स्थानमा पनि उक्लेको छ ।

प्रकाशित : वैशाख २८, २०७८ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?