कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेपाल सुपर लिग : प्लेअफ अघि सबैको राम्रो प्रदर्शनको दाबी

हिमेश

काठमाडौँ — नेपाल सुपर लिगको प्लेअफ मंगलबारदेखि सुरु हुनेछ । त्यसको पहिलो खेलमा लिग चरणको शीर्ष दुई स्थानमा पर्ने टिम भिड्ने छन्, काठमाडौं रेजर्स र धनगढी एफसी । बुधबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्ने छन् ।

नेपाल सुपर लिग : प्लेअफ अघि सबैको राम्रो प्रदर्शनको दाबी

यी दुई खेलपछि इलिमिनेटरमा को को भिड्ने छन्, त्यो तय हुनेछ । त्यस अगाडि चारै क्लबका प्रशिक्षक र कप्तानले आ–आफ्नो टिमको तयारी राम्रो भएको दाबी गरे । सोमबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा कसले के कस्तो भने ?

काठमाडौं रेजर्स

प्रशिक्षक बालगोपाल महर्जन

हामी लिग चरणको शीर्ष स्थानमा रह्यौं, त्यसैले हाम्रो खेलाडी अभिप्रेरित छन् । टिमका प्रदर्शनमा प्रत्येक दिन सुधार आएको छ । त्यसलाई निरन्तरता दिन चाहन्छौं । हामीले प्लेअफको पहिलो खेलमा जितकै लागि खेल्ने छौं ।

कप्तान विकेश कुथु

हाम्रो लागि लिग चरण सुखद रह्यो । अब हामी प्लेअफका लागि तयार छौं । खेलाडीले आफ्नोतर्फबाट उत्कृष्ट खेल दिने प्रयास गर्नेछन् । कप्तानीको भूमिकामा छु, त्यसैले जिम्मेवारी धेरै छ ।

धनगढी एफसी

प्रशिक्षक फुजा टोपे

हाम्रो तयारी राम्रो छ, त्यसैले टिमले राम्रो खेल्नेमा विश्वास छ ।

कप्तान किरण लिम्बू

हामीले तयारीका लागि पर्याप्त समय पाएका छैनौं । तर हामी मानसिक रूपमा बलियो छौंं । हामी जित्नैका लागि खेल्नेछौं । पहिलो प्लेअफका लागि तयार छौं । लिग र प्लेअफमा हुने खेल फरक हुन्छ । खेल प्रतिस्पर्धात्मक हुनेछ ।

ललितपुर सिटी एफसी

प्रशिक्षक राजु तामाङ

टिममा उत्साह छ । गाह्रो अवस्थानमा प्लेअफमा पुगेका छौं । अब यसमा राम्रो नतिजा ल्याउने सोच छ । त्यसैले खेलाडी मानसिक रूपमा बलियो भएका छन् । अप्ठ्यारो अवस्थाबाट यहाँसम्म पुगेको हुनाले सबै राम्रो प्रदर्शन गर्न आतुर छन् ।

कप्तान अञ्जन विष्ट

हामी विश्वास गरिरहेका छौं । प्लेअफमा अझ राम्रो खेल्नेछौं । पछिल्ला खेलका तुलनामा । लिग चरणको सुरुमा हाम्रो प्रदर्शन राम्रा भएन । भाग्यले पनि साथ दिएन । अन्तिम दुई खेलको जितले हामीले यहाँसम्म पुगेका हौं । त्यसैले अब पनि जित्न खेल्नु पर्छ ।

बुटवल लुम्बिनी

गोलरक्षक प्रशिक्षक उज्ज्वल मानन्धर

हाम्रो पनि तयारी राम्रो छ । हामी पनि जित्नकै खेल्नेछौं । हामीले त्यसै अनुसार तयारी गरेका छौं । टिममा चोटका कुनै समस्या छैन् ।

कप्तान विराज महर्जन

हाम्रो टिम राम्रो छ । अभ्यास सत्र राम्रो चलेको छ । टिममा चोटको समस्या छैन् । प्रशिक्षकले राम्रो निर्देशन दिइरहनु भएको छ । मलाई अहिले कप्तानीको जिम्मेवारी प्राप्त भएको छ । म त्यसलाई राम्रोसँग पूरा गर्ने प्रयास गर्नेछुं ।

प्रकाशित : वैशाख २७, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?