युभेन्टसमाथि मिलानको प्रभावशाली जित- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युभेन्टसमाथि मिलानको प्रभावशाली जित

एजेन्सी

मिलान — एसी मिलानले इटालीको सिरी एमा आइतबार युभेन्टसमाथि ३–० को प्रभावशाली जित निकालेको छ । हारले युभेन्टसको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावनामा धक्का पुगेको छ ।

मिलानका लागि ब्राहिम डियाज, एन्टे रेबिच र फिकायो टोमोरोले गोल गरे । यससँगै टिम अंक तालिकाको तेस्रो स्थानमा उक्लिन सफल रह्यो । मिलानको ३५ खेलबाट ७२ अंक भएको छ ।

नेपोली समान खेलबाट ७० अंकमा छ । युभेन्टस भने ६९ अंकसाथ पाँचौं स्थानमा रह्यो ।

प्रकाशित : वैशाख २७, २०७८ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्

वेस्ट ब्रुम पर्‍यो रेलिगेसनमा

एजेन्सी

लन्डन — आर्सनलको हातबाट ३–१ ले पराजित भएपछि वेस्ट ब्रुम इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । जितले आर्सनलको अर्को सिजन युरोपमा खेल्ने झिनो सम्भवना भने कायम रह्यो ।

वेस्ट ब्रुम प्रिमियर लिगबाट रेलिगेनसमा परेको यो पाँचौं पल्ट हो । लिगमा तीन चरणको खेल खेल्न बाँकी छँदा वेस्ट ब्रुम सुरक्षित स्थानबाट १० अंकले पछाडि परेको हो ।

यस्तै, एभरटनले वेस्ट ह्यामलाई १–० ले हराएर आफ्नो युरोपेली सम्भावना फेरि जीवन्त पारेको छ । यसअघि म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २–१ ले हराएको थियो ।

प्रकाशित : वैशाख २७, २०७८ ०६:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×