वेस्ट ब्रुम पर्‍यो रेलिगेसनमा

एजेन्सी

लन्डन — आर्सनलको हातबाट ३–१ ले पराजित भएपछि वेस्ट ब्रुम इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । जितले आर्सनलको अर्को सिजन युरोपमा खेल्ने झिनो सम्भवना भने कायम रह्यो ।

वेस्ट ब्रुम पर्‍यो रेलिगेसनमा

वेस्ट ब्रुम प्रिमियर लिगबाट रेलिगेनसमा परेको यो पाँचौं पल्ट हो । लिगमा तीन चरणको खेल खेल्न बाँकी छँदा वेस्ट ब्रुम सुरक्षित स्थानबाट १० अंकले पछाडि परेको हो ।

यस्तै, एभरटनले वेस्ट ह्यामलाई १–० ले हराएर आफ्नो युरोपेली सम्भावना फेरि जीवन्त पारेको छ । यसअघि म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २–१ ले हराएको थियो ।

प्रकाशित : वैशाख २७, २०७८ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?