१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

रियलमा शीर्षमा उक्लिन चुक्यो

एजेन्सी

म्याड्रिड — रियल म्याड्रिड आइतबार स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लिन चुकेको छ । सेभियाले उसलाई २–२ को बराबरीमा रोक्यो । रियलका लागि एडेन हेजोर्डले इन्ज्युरी समयको चौथो मिनेटमा बराबरी गोल फर्काए ।

रियलमा शीर्षमा उक्लिन चुक्यो

यो नतिजापछि रियल ७५ अंकमा दोस्रो स्थानमा रह्यो । समान अंकमा बार्सिलोना दोस्रो स्थानमा छ । एटलेटिको म्याड्रिड भने ७७ अंकमा शीर्ष स्थानमा कायम रह्यो ।

लिगमा अब तीन चरणका खेल मात्र बाँकी छन् । यसअघि बार्सिलोना र एटलेटिकोले पनि बराबरी खेलेको थियो र रियललाई माथि उक्लिन अवसर प्राप्त भएको थियो । तर रियलले यसको पाइदा उठाउन सकेन ।

प्रकाशित : वैशाख २७, २०७८ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?