३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नेपाल सुपर लिग : लिग चरणको समाप्तिमा काठमाडौं शीर्षमा

काठमाडौँ — नेपाल सुपर लिगको लिग चरणको समाप्तिमा काठमाडौंं रेजर्सले आइतबार शीर्ष स्थान कब्जा गरेको छ । दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा काठमाडौंले एफसी चितवनलाई २–१ ले हरायो । यो जितपछि काठमाडौंको छ खेलबाट १३ अंक भएको छ र धनगढी एफसीलाई उछिनेर पहिलो स्थानमा पुगेको हो ।

नेपाल सुपर लिग : लिग चरणको समाप्तिमा काठमाडौं शीर्षमा

काठमाडौं लिग चरणमा चार जित निकाल्ने एक मात्र टिम पनि रह्यो । अर्कोतर्फ चितवन भने जितहीन एक मात्र टिम रह्यो र खालि दुई अंकमा अन्तिम स्थानमा रह्यो । उसले छ खेलमा कुनै पनि जित निकाल्न सकेन । चिवतन चार खेलमा पराजित रह्यो भने दुई खेलमा बराबरीमा रोकियो ।


काठमाडौंको जितमा मेसुके ओलेमोयु र संजोक राईले एक एक गोल गरे । क्यामरुनी खेलाडी ओलेमोयुले १७ औं मिनेटमा पहिलो गोल गरेयता संयोकले ३४ औं मिनेटमा दोस्रो गोल थपे । चितवनका तर्फबाट राजीव लोप्चानले ४० औं मिनेटमा एक गोल फर्काए र यो प्रतियोगिताको ५० औं गोल रह्यो ।


प्रतियोगिताको प्लेअफमा काठमाडौं, धनगढी, ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी पुगेका छन् भने पोखरा थन्डर्स, विराटनगर सिटी एफसी र चितवनको चुनौती लिग चरणमै समाप्त भयो । अब प्रतियोगितामा प्लेअफका खेल सुरु हुनेछन् । मंगलबार काठमाडौं र धनगढीबीच खेल हुनेछ । यो खेलको विजेताले सिधै फाइनलमा प्रवेश पाउनेछ ।

यस्तै बुधबार ललितपुर र बुटवल लुम्बिनीबीच खेल हुनेछ र यसको विजेताले पहिलो प्लेअफमा पराजित टिमसँग बिहीबार खेल्नेछ । यस इलिमिनेटरमा पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ । प्लेअफको अन्तिम खेलका विजेताले फाइनल खेल्नेछ ।

फाइनल शनिबार हुनेछ ।

अंक तालिका

टिम खेल जित बराबरी हार गोल अंक

काठमाडौं ६ ४ १ १ ९–८ १३

धनगढी ६ ३ १ २ ८–५ १०

ललितपुर ६ २ ३ १ ७–३ ९

बुटवल लुम्बिनी ६ २ २ २ ७–६ ८

पोखरा ६ २ २ २ ३–४ ८

विराटनगर ६ २ १ ३ ११–१२ ७

चितवन ६ – २ ४ ५–१२ २

प्रकाशित : वैशाख २६, २०७८ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?