उपाधि निश्चित भएपछि बोरुसियाविरुद्ध बायर्नको ६ गोल- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपाधि निश्चित भएपछि बोरुसियाविरुद्ध बायर्नको ६ गोल

एजेन्सी

म्युनिक — बायर्न म्युनिखले लगातार नवौंपल्ट जर्मन बुन्डेसलिगाको उपाधि पक्का गरिसकेपछि भएको खेलमा शनिबार बोरुसिया मुन्छेनग्लाडबाखलाई ६–० ले हराएको छ । त्यसमा रोबर्ट लेवनडोस्कीले ह्याट्रिक गरे ।

यो जितअगाडि नै बायर्नले उपाधि चुम्ने निश्चित भइसकेको थियो । अंक–तालिकामा बायर्नको सबैभन्दा नजिक दोस्रो स्थानमा रहेको आरबी लाइपजिग बोरुसिया डर्टमुन्डसँग ३–२ ले पराजित भएपछि बायर्नले जर्मन लिग जित्ने निश्चित भएको हो ।

लाइपजिगले यो हारपछि बायर्नलाई उछिन्न नसक्ने स्थिति बनेको थियो । यो नतिजापछि बायर्न ७४ अंकसाथ शीर्ष स्थानमा कायम रह्यो । लाइपजिगको भने ६४ अंक छ ।


प्रकाशित : वैशाख २६, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्

बार्सिलोना र एट्लेटिकोबीच बराबरी

एजेन्सी

म्याड्रिड — स्पेनी ला लिगामा बार्सिलोना र एट्लेटिको म्याड्रिडबीचको बहुप्रतीक्षित खेल शनिबार गोलरहित बराबरीमा टुंगेको छ । यो नतिजापछि बार्सिलोनाले एट्लेटिकोलाई उछिनेर शीर्ष स्थान कब्जा गर्ने अवसर गुमाएको छ ।

एट्लेटिको ७७ अंकसहित शीर्ष स्थानमा छ भने बार्सिलोना दुई अंकको दूरीमा दोस्रोमा छ । एक खेल कम खेलेको रियल म्याड्रिड ७४ अंकसाथ तेस्रो स्थानमा छ ।

अब रियलले लिग उपाधिका लागि आफ्नो बलियो चुनौती पेस गर्न सक्नेछ । रियलले आइतबार सेभियाको सामना गर्नेछ र जितसँगै शीर्ष स्थान कब्जा गर्न सक्नेछ ।

डेपोर्टिभो एलाभेस र लेभान्टेले शनिबार नै २–२ को बराबरी खेले । यसअघि रियल सोसिडाडले एल्चेलाई २–० ले पराजित गर्‍यो । सोसिडाडले भने यो जितपछि पाँचौं स्थानमा उक्लेर अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायम राख्यो ।

प्रकाशित : वैशाख २६, २०७८ ०६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×