३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

चेल्सीसँग हारेपछि सिटीले अझै कुर्नुपर्ने

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिग जित्न तीन अंक मात्र चाहिने म्यानचेस्टर सिटी शनिबार चेल्सीसँग घरेलु मैदानमा २–१ ले पराजित भएको छ । यो नतिजापछि सिटीले उपाधिका लागि अझै कुर्नुपर्ने भएको छ ।

चेल्सीसँग हारेपछि सिटीले अझै कुर्नुपर्ने

रहिम स्टर्लिङको गोलले अग्रता लिए पनि सिटीले त्यसलाई जोगाउन सकेन । चेल्सीका लागि हाकिम जियेच र मार्कोस एलोन्सोले गोल गरे । सिटीका लागि सर्जियो एगुरो पेनाल्टीमा पनि गोल गर्न चुके ।

यो नतिजापछि सिटी ८० अंकमै कायम रह्यो । चेल्सीको भने ६४ अंकसाथ तेस्रो स्थानमा उक्लेको छ ।

शनिबारको अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–० ले हराउँदै शीर्ष चारको सम्भावना कायम राख्यो । लिभरपुलका लागि साडियो माने र थिएगो आलकान्ट्राले गोल गरे । यो जितपछि लिभरपुल ५७ अंकसाथ छैटौं स्थानमा पुगेको छ । यसअघि लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार टोटनहमलाई ३–१ ले हरायो । यो हारपछि टोटनहमको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कमजोर भयो । टोटनहम ५६ अंकसहित सातौं स्थानमा झर्‍यो । यस्तै अर्को खेलमा क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेडलाई २–० ले हरायो ।


प्रकाशित : वैशाख २६, २०७८ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?