चेल्सीसँग हारेपछि सिटीले अझै कुर्नुपर्ने- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेल्सीसँग हारेपछि सिटीले अझै कुर्नुपर्ने

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिग जित्न तीन अंक मात्र चाहिने म्यानचेस्टर सिटी शनिबार चेल्सीसँग घरेलु मैदानमा २–१ ले पराजित भएको छ । यो नतिजापछि सिटीले उपाधिका लागि अझै कुर्नुपर्ने भएको छ ।

रहिम स्टर्लिङको गोलले अग्रता लिए पनि सिटीले त्यसलाई जोगाउन सकेन । चेल्सीका लागि हाकिम जियेच र मार्कोस एलोन्सोले गोल गरे । सिटीका लागि सर्जियो एगुरो पेनाल्टीमा पनि गोल गर्न चुके ।

यो नतिजापछि सिटी ८० अंकमै कायम रह्यो । चेल्सीको भने ६४ अंकसाथ तेस्रो स्थानमा उक्लेको छ ।

शनिबारको अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–० ले हराउँदै शीर्ष चारको सम्भावना कायम राख्यो । लिभरपुलका लागि साडियो माने र थिएगो आलकान्ट्राले गोल गरे । यो जितपछि लिभरपुल ५७ अंकसाथ छैटौं स्थानमा पुगेको छ । यसअघि लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार टोटनहमलाई ३–१ ले हरायो । यो हारपछि टोटनहमको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कमजोर भयो । टोटनहम ५६ अंकसहित सातौं स्थानमा झर्‍यो । यस्तै अर्को खेलमा क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेडलाई २–० ले हरायो ।


प्रकाशित : वैशाख २६, २०७८ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्

माधव नेपाल समूहका सांसदले आइतबार राजीनामा दिने

नेपाल भन्छन्, 'हामीले सच्च्याउन प्रयास गरेका हौं तर ओली सच्चिएनन्'
बिनु सुवेदी

काठमाडौँ — केही दिनदेखिको वार्ता र छलफल कुनै निष्कर्षमा पुग्न नसकेपछि अन्तत : नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुले आइतबार राजीनामा दिने भएका छन् ।

तस्बिर : सन्जोग मानन्धर

माधव नेपाल- झलनाथ खनाल समूहका नेता र सांसदहरुको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको भन्दै राजीनामा दिने निर्णय गरेको पार्टी स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले २७ गते सोमबार विश्वासको मत लिनका लागि संसद बैठक बोलाएका छन् । कांग्रेस र माओवादीले ओलीलाई विश्वासको मत नदिने निर्णय यसअघि नै गरिसकेका छन् । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ निर्वाचित नेपाल समूहका २० जना सांसदले राजीनामा गरेपछि ओलीले विश्वासको मतमा बहुमत पाउने संभावना छैन ।

माधव समूहका सांसदले राजीनामा गर्नासाथ संसदमा कायम सांसद संख्या घट्न गइ वैकल्पिक सरकार बन्ने सम्भावना पनि जीवित हुनेछ ।

एमाले बरिष्ठ नेता माधव नेपालले कान्तिपुरसँग कुरा गर्दै आफूहरुले प्रधानमन्त्री ओलीलाई सच्च्याउन निकै प्रयास गरेको तर उनी नसच्चिएको बताए । 'हामीले पार्टी एकतालाई बचाउने प्रयास गरेका हौं तर उहाँले दम्भ देखाउनु भयो, कत्ति पनि सच्चिन तयार हुनुभएन,' नेता नेपालले भने ।

नेपाल समूहका एक नेताका अनुसार सुरुमा प्रतिनिधिसभामा प्रत्यक्ष तर्फका सांसदले मात्रै राजीनामा गर्ने कुरा भए पनि आइतबार समानुपातिक तर्फका सांसदले पनि राजीनामा गर्ने सम्भावना छ । नेपाल समूहमा ३५ जना सांसद छन् ।

प्रकाशित : वैशाख २५, २०७८ २३:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×