कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कोरोना प्रभावितलाई सहयोग गर्न अनुष्का–विराटद्वारा ७ करोड जम्मा गर्ने लक्ष्य

काठमाडौँ — अनुष्का शर्मा र विराट कोहली भारतमा अहिले चलिरहेको कोभिड–१९ दोस्रो लहरबाट प्रभावितलाई सहयोग गर्न शुक्रबार अगाडि सरेका छन् । यसक्रममा उनीहरूले सात करोड भारतीय रुपैयाँ जम्मा गर्ने लक्ष्य राखेका छन् । उनीहरू आफैंले २ करोड रुपैयाँ पनि त्यस कोषलाई प्रदान गरेका छन् । 

कोरोना प्रभावितलाई सहयोग गर्न अनुष्का–विराटद्वारा ७ करोड जम्मा गर्ने लक्ष्य

इन्डियन प्रिमियर लिग २०२१ स्थगित भएको दुई दिनपछि भारतको यो चर्चित जोडीले कोष स्थापनाको प्रयास गरेका हुन् । स्थगित प्रतियोगितामा कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बेंग्लोर शीर्षस्थानमा छ । अनुष्काले आफ्नो ट्विटरमा भिडियो सेयर गर्दै सबैलाई सहयोग गर्न अनुरोध गरेकी छन् ।

प्रकाशित : वैशाख २५, २०७८ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?