३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नेपाल सुपर लिग : पोखराको नाटकीय जित, चितवन बाहिरियो

काठमाडौँ — नेपाल सुपर लिगमा पोखरा थन्डर्सले शुक्रबार नाटकीय जित निकालेको छ । यसका लागि एफसी चितवनलाई २–१ ले हरायो । एक गोलले पछाडि रहेर प्रतियोगिताबाट बाहिरिने सम्भावनामा रहेको पोखराले पुनरागमन गर्दै तीन अंक बटुल्यो र आफ्नो प्ले अफ सम्भावना कायम राख्यो । यो जितपछि पोखरा आठ अंकसहित तेस्रो स्थानमा उक्लिन सफल रह्यो ।

नेपाल सुपर लिग : पोखराको नाटकीय जित, चितवन बाहिरियो

पोखराको यो लिग चरणको अन्तिम खेल हो । जितहीन चितवन भने दुई अंकमा पुछारमै रह्यो । खेलको ८२ औं मिनेटमा चितवनका गोलरक्षक विशाल सुनारले पेनाल्टी एरिया बाहिर आएर बल हातले छोए । टिमका लागि यो उनको निकै महँगो भूल साबित भयो । उनले विपक्षीलाई गोलको अवसरबाट बञ्चित गरेका थिए र सिधै रातो कार्ड पाए ।

यसले नै खेलको मोड फेरिएको थियो । त्यही अवसरमा पोखराले फ्रि–किकको अवसर पायो । कप्तान नवयुग श्रेष्ठले त्यसमा उत्कृष्ट गोल गरे । इन्ज्युरी समयको पाँचौं मिनेटमा क्यामरुनी खेलाडी राफेल रिमगाडोले दोस्रो तथा निर्णायक गोल गरे । उनले नजिकको दूरीबाट गोल गरे र जित निश्चित पारे । यसअघि शिशिर लेखीले ७२ औं मिनेटमा चितवनका लागि गोल गरे ।

उनले कठिन कोणबाट उत्कृष्ट प्रहार गर्दै बललाई जाली चुमाए ।

शनिबार विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसी तथा धनगढी एफसी र बुटवल लुम्बिनी एफसी भिड्दै छन् । यी खेलको नतिजाले शीर्ष चारको निश्चित आकार दिन मदत गर्नेछ ।

चितवनको अन्तिम खेल भने आइतबार काठमाडौं रेजर्सविरुद्ध रहेको छ ।

प्रकाशित : वैशाख २४, २०७८ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?